Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

नेपालमा थप लगानी विस्तार गर्दै आईएफसी

नेपालमा थप लगानी विस्तार गर्दै आईएफसी

काठमाडाैं, २५ भदाै ।उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै थप लगानी विस्तार गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका हुन् ।

उक्त अवसरमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिताका क्षेत्रमा लगानी विस्तार गर्ने बताए ।

नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनकाे भनाइ छ ।

आईएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x