अब देशभरिका सरकारी कार्यालयमा ‘टीएमएस’ नचल्ने
काठमाडाैं, २५ भदाै । अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हाे ।
प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै गरिएको पत्राचारमा यस्तो उल्लेख गरिएको छ।
त्यस्तै, कार्यालय समयमा टिएमएस चलाएरनचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत आदेश दिइएको छ।