लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञावाली नियुक्त
काठमाडाैं, २८ भदाै । लगानी बाेर्ड नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञावाली नियुक्त भएका छन् । बिहिबार बसेकाे मन्त्री पिरषद्काे बैठकले बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा ज्ञावालीलाई नियुक्त गरेकाे हाे ।
सीईओ पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए।
यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो ।