Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सार्वभौम साख मूल्यांकनका लागि नेपाल आएको फिच क्रेडिट रेटिङ कम्पनीको टोली र अर्थमन्त्रीबीच भेट

सार्वभौम साख मूल्यांकनका लागि नेपाल आएको फिच क्रेडिट रेटिङ कम्पनीको टोली र अर्थमन्त्रीबीच भेट

काठमाडाैं, २८ भदाै । नेपालको सार्वभौम साख मूल्यांकनका लागि नेपाल आएको फिच क्रेडिट रेटिङ कम्पनीको टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने उनकाे भनाइ छ ।

टोलीका सहभागीहरूले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालन लगायतका विषयमा चासो व्यक्त गरेका थिए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x