सेयर बजारमा पहिराे, नेप्से ५० अंकले घट्दा १० अर्बकाे काराेबार
काठमाडाैं, ३० भदाै । साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजारमा भारि गिरावट आएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेकाे छ ।
यसदिन बजार घटेपनि काराेबार रकम भने बढेकाे छ । गत बिहिबार ८ अर्ब १६ कराेड ९२ लाख ७४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाेमा आज २ कराेड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ कराेड ९२ लाख ३५ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
आज २४ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २१९ कम्पनीकाे घटेकाे छ । यस्तै १ कम्पनीकाे स्थिर रहेकाे छ । आज सबै उपसमुह घटेका छन् ।
घटेकाे बजारमा रवा इनर्जी डेभलपमेन्ट लिमिटेड, हिमालयन हाइड्राेपावर लिमिटेड र रिभर फल्स पावर लिमिटेडकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ । यस्तै थ्रिस्टार हाइड्राेपावर लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेकाे छ ।