Date

बिहि, अशोज ३, २०८१
Thu, September 19, 2024

डिजेल र मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ र पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्याे

डिजेल र मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ र पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्याे

काठमाडाैं, ३१ भदाै ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । साेमबारदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटेको हो ।

भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले गएराति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निमगले जनाएको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १४९ रूपैयाँ प्रतिलिटर पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x