Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

असोजका लागि पनि घट्यो मुद्दती निक्षेपको ब्याजदर

असोजका लागि पनि घट्यो मुद्दती निक्षेपको ब्याजदर

काठमाडाैं, ३१ भदाै ।असोज महिनाका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।भदौमा वाणिज्य बैंकहरूकाे व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ ।

भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो ।

२० वटा वाणिज्य बैंकमध्ये ९ ओटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका हुन् ।आठ वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् । नेपाल र कृषि विकास बैंकले भने असोज महिनाका लागि ब्याजदर बढाएका छन् ।

एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् ।

प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x