बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढ्यो
काठमाडौं, ९ असोज । बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ४९.१८ अंकले बढेर २,५१९.५७ विन्दुमा बन्द भएको हो ।
आज ३२७ वटा कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो दिन बजार बढेपनि काराबोर भने घटेको अवस्था छ । त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा बन्द भएको छ ।
आज २२३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।