Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ भोलिबाट काठमाडौंमा हुने

नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ भोलिबाट काठमाडौंमा हुने

काठमाडौं, ९ असाज । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करणको तयारी पुरा भई भोलि अर्थात् बिहीबारदेखि काठमाडौंमा प्रारम्भ हुने होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवद्र्धनको उद्देश्यले आयोजना गर्न लागिएको यो राष्ट्रिय स्तरको सम्मेलन यही असोज ११ गतेसम्म काठमाडौं बुढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा हुँदैछ ।

उक्त सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरुको नेतृत्व वर्ग, सेवा प्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरूलाई एकै छानामुनी ल्याउने पनि संघले जनाएको छ । दुई दिनसम्म चल्ने यस कार्यक्रमको क्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरू, नयाँ चालचलन एवं अभ्यासहरू, नवप्रवर्तन, सहकार्य, आइटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयहरूमा घनिभूत छलफल हुनेछ ।

होटल संघ नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त रूपमा आयोजना हुन गइरहेको नेपाल हस्पिटालिटी कन्क्लेभले आतिथ्यता क्षेत्रसँग सम्बन्धित ज्ञान, सिप, रणनीति तथा विचारहरूको आदानप्रदानको लागि साझा मञ्च प्रदान गर्ने हुनाले पनि होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उद्योगको बारेमा बुझाई र भोगाई सँगै आगामी दिनमा अगाडि बढ्न यो कार्यक्रम अति नै उपलब्धिमूलक हुने पनि संघले जनाएको छ ।

यस दुई दिने कार्यक्रमबाट उठेका विषयवस्तु श्वेतपत्र बनाई सरकारी तथा सम्बन्धित निकायमा बुझाइने पनि होटल संघ नेपालले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x