Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

राष्ट्रिय वाणिज्य बैंक र माओवृद्धि मोटर्सबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र माओवृद्धि मोटर्सबीच सम्झौता

काठमाडाैं, १६ असाेज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रमाओवृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विधुतिय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को नम्मी सिरिज विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी(भ्ख्) को बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x