देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई गाभ्ने, वेस्टर्न डेभपमेन्टको शेयर कारोबार रोक्का

काठमाडौं, २७ असार । देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई आफुमा गाभ्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा देवः विकास बैंकका अध्यक्ष डा. सुवर्णलाल वज्राचार्य र वेस्टर्न डेभलपमेन्ट बैंकका अध्यक्ष ओम बहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई आफुमा गाभ्ने भएपछि वेस्टर्न डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरिएको छ । यी दुई बैक एकआपसमा गाभिए पछि बैंकको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुग्नेछ । एकिकृत कारोबार पछि बैंकको शाखा संख्या ७४ प्ुग्ने बताइएको छ ।