Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सहकार्य

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सहकार्य

काठमाडाैं, ५ कार्तिक । ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा ‘बिल्डङ इनर्जी इफिसिइन्सी इन नेपाल (बीन)’ प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यास प्रवर्द्धनका लागि समझदारी भएको छ ।

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अस्ट्रियाका प्रतिनिधि तथा बीन प्रोजेक्ट प्रमुख डा। ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् । बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ ।

समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने बैंकको अपेक्षा छ । आफ्ना ग्राहकवर्गको सुविधालाई ध्यानमा राखेर बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x