Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

४७.४४ अंकले घट्याे नेप्से, ८ अर्ब १८ करोडकाे काराेबार

४७.४४ अंकले घट्याे नेप्से, ८ अर्ब १८ करोडकाे काराेबार

काठमाडौं, ४ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आइतबार ४७ अंकले घटेकाे छ । आज नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको हाे ।

आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक चार प्रतिशतले घटेको छ ।

गत बिहीबार सात अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेको छ । आज कुल दुई करोड आठ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x