Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

काठमाडौं, ४ कार्तिक । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा आइतबार बिहान निधन भएको हाे।

नेपालमा गुणस्तरीय पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान दिएका गुणस्तरीय पर्यटनका अभियन्ता मिश्रको ७१ वर्षको उमेरमा निधन भएको छ । नेपालको पर्यटनमा साढे पाँच दशकदेखि सक्रिय मिश्रले होटलसँगै जंगल सफारीसहतिको पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

चितवनको टाइगर टप्ससँगै एडभेञ्चर ट्राभलमा १० वर्ष काम गरेपछि आफै टेम्पल टाइगर स्थापना गरेका मिश्रको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

उनी चिलिका अवैतनिक महावाणिज्य दूत हुन भने उनी पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एशोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत हुन ।

मिश्रको शव आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x