Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

लगातार सातौँ दिन पनि सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

लगातार सातौँ दिन पनि सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं, ७ कार्तिक । एकसाता नेपाली बजारमा सुनकाे मूल्य लगातार बढीरहेकाे छ । हिजाे ताेलामा ३०० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनकाे मूल्य ताेलामा ८०० रूपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएको हो। सुनकाे मूल्य गत बुधबारदेखि लगातार बढीरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँ पुगेको छ। हिजाे छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x