Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

२९ प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा, सर्वाधिक कमाउनेमा मुक्तिनाथ

२९ प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा, सर्वाधिक कमाउनेमा मुक्तिनाथ

काठमाडौं, ७ कार्तिक ।चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका आठ विकास बैंकले डेढ अर्ब नाफा कमाएका छन् ।

बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २९ प्रतिशत बढी हो ।

गत आवको सोही अवधिमा विकास बैंकहरुले १ अर्ब १० करोड ७५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै महालक्ष्मी विकास बैंकले ९ करोड ४२ लाख ८९ हजार, ज्योति विकास बैंकले १५ करोड ११ लाख ९० हजार, कामना सेवा विकास बैंकले १७ करोड ४९ लाख ७९ हजार, सांग्रिला डेभलपमेन्ट बैंकको ६ करोड १ लाख, शाइन रेसुङ्गाको २३ करोड ९३ लाख, लुम्बिनी विकासको २० करोड १९ लाख ८५ हजार र गरिमा विकास बैंकको २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x