Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

बुधबार २०.४१ अंकले घट्याे नेप्से, ६ अर्ब २७ करोडकाे काराेबार

बुधबार २०.४१ अंकले घट्याे नेप्से, ६ अर्ब २७ करोडकाे काराेबार

काठमाडौं, ७ कार्तिक । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज  नेप्से परिसूचक  घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव ३९ अंकमा झरेको हो ।

बुधबार नेप्से २५ दशमलव ८८ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ८१ बिन्दुमा पुगेको थियाे ।

यसदिन नेप्सेसँगै काराेबार रकम पनि घटेकाे छ । बुधबार बजारमा १ कराेड ५७ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन बजारमा १५५ कम्पनीको मूल्य घट्दा ७६ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ ।

बुधबार फाइनान्स र ट्रेडिङ बाहेक सबै परिसूचकहरु नकारात्मक देखिएका छन् । फाइनान्स परिसूचक सबैभन्दा बढी २.३२ प्रतिशतले बढ्दा बैंकिङ परिसूचकले १.७० प्रतिशतले घटेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x