Date

बिहि, कार्तिक ८, २०८१
Thu, October 24, 2024

एक सातादेखि लगातार बढेको सुनको मूल्य बिहिबार घट्यो

एक सातादेखि लगातार बढेको सुनको मूल्य बिहिबार घट्यो

काठमाडौं, ८ कार्तिक । नेपाली बजारमा एक साता लगातार बढेकाे सुनकाे मूल्य बिहिबार घटेकाे छ । असाेज २९ गतेदेखि लगातार बढेर दिनदिनै नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्य आज ताेलामा ६०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकिएको छ। बुधबार तोलामा ८०० रुपैयाँ बढेपछि सुन प्रति तोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ४० रूपैयाँले घटेकाे छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९५ रूपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x