Date

बिहि, कार्तिक ८, २०८१
Thu, October 24, 2024

१८ अंकले घट्यो नेप्से, ५ अर्ब ४१ करोडकाे काराेबार

१८ अंकले घट्यो नेप्से, ५ अर्ब ४१ करोडकाे काराेबार

काठमाडौं, ८ कार्तिक । साताकाे अन्तिम काराेबार दिन बिहिबार पनि सेयर बजार मापक नेप्से दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६ सय २७ दशमलव १४ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।

घटेकाे बजारमा नेपाल एसबिआइ बैंकाे सेयर मूल्य सर्वाधिक ९. ७५ प्रतिशतले बढेकाे छ भने रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड ३१ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x