Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

नेपाल टेलिकमद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड रुपैंया जम्मा

नेपाल टेलिकमद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड रुपैंया जम्मा

काठमाडौं, १४ कात्तिक । नेपाल टेलिकमले गत भाद्र १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ ।

नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा १ करोड २ लाख ७० हजार २१४.८३ रुपैंया जम्मा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेका हुन् ।

सो, अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन समेत दिएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x