Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीले भेटे धितोपत्र बोर्ड अध्यक्ष

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीले भेटे धितोपत्र बोर्ड अध्यक्ष

काठमाडौं, कात्तिक १५ । नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालसँग भेटवार्ता गरेका छन् । बुधबार ललितपुर खुमलटार स्थित धितोपत्र बोर्डको कार्यालयमा उनीहरुले अध्यक्ष बरालसँग भेट गरेका हुन् ।
भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेल सहभागी थिए ।
भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका प्रतिनिधिहरुले पूँजीबजारको समसामयिक विषय एवं सुधार सम्बन्धी विषयहरुमा विचार विमर्श गरेका थिए ।
साथै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष बरालले मर्चेन्ट बैंकर्सहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x