Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

सबै कर्मचारीलाई स्वास्थ्य बीमा अन्तर्गत ल्याउन स्वास्थ्य मन्त्री पौडेलको तयारी, मन्त्रालयस्तरीय समन्वय सुरु हुने

सबै कर्मचारीलाई स्वास्थ्य बीमा अन्तर्गत ल्याउन स्वास्थ्य मन्त्री पौडेलको तयारी, मन्त्रालयस्तरीय समन्वय सुरु हुने

काठमाडाैं, २३ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै कर्मचारीलाई राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने तयारी थालेका छन्।

हालै सार्वजनिक भएको नीति तथा कार्यक्रम र बजेटमा मन्त्रालयको प्रस्तावका आधारमा सबै निजामती कर्मचारी र संगठित क्षेत्रका कामदारहरूलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने व्यवस्था गरिएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार, यस्तो व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागहरूसँग समन्वय सुरु गर्ने निर्णय गरेका छन्।

स्वास्थ्य बीमा कार्यक्रम अहिले सर्वसाधारणका लागि चलाइँदै आए पनि कर्मचारी वर्गको पूर्ण सहभागिता नहुनु चुनौतीका रूपमा देखिएको छ। मन्त्री पौडेलको यो पहलले सार्वजनिक सेवामा काम गर्ने सबै कर्मचारीलाई बीमाको पहुँचमा ल्याउने, त्यसबाट उनीहरूलाई स्वास्थ्य उपचारमा सहजता र सुविधा दिने अपेक्षा गरिएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, आगामी दिनमा कर्मचारीको योगदान हिस्सा, संस्थागत व्यवस्थापन, तथा सेवा पहुँच सुनिश्चित गर्न आवश्यक कार्यविधि र कार्यान्वयन रणनीति निर्माण गरिनेछ।

मन्त्री पौडेलले यसअघि पनि स्वास्थ्य बीमा कार्यक्रमको विस्तार र सुधार आवश्यक रहेको धारणा सार्वजनिक रूपमा राख्दै आउनुभएको थियो। अब मन्त्रालयले यो नीति कार्यान्वयनतर्फ ठोस कदम चाल्ने संकेत देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *