Date

बिहि, कार्तिक २९, २०८१
Thu, November 14, 2024

१४ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

१४ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

काठमाडाैं, २८ कार्तिक । बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से १४ दशमलव १२ अंकले घटेर २७ सय ३४ दशमलव ८३ को विन्दुमा झरेको छ । मंगलबार नेप्से ११ दशमलव २४ अंकले घटेको थियो ।

यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ ।हिजाे १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको थियाे ।

आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ ।

यसदिन सप्तकोशी विकास बैंक र श्रजनशील लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x