Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया पुनः अगाडि बढ्यो, तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि मंसिर ९ गते बोलाइयो

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया पुनः अगाडि बढ्यो, तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि मंसिर ९ गते बोलाइयो

काठमाडाैं, २९ कार्तिक । नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष छनाैट प्रकृया पुनः अघि बढेकाे छ । सरकारले यस अघि राेकिएकाे अध्यक्ष चयन प्रकृया फेरि अघि बढाएकाे हाे ।

बोर्ड अध्यक्ष सिफारिस समितिको कात्तिक २८ गतेको निर्णयअनुसार आवेदन दिएका तीन जनालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको हो ।

यसअघि गत असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।

अर्थ मन्त्रालयले विहीवार सार्वजनिक सूचना जारी गर्दै छनौट सूचीमा परेर अन्तर्वार्तामा सहभागि नभएका नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाई र सेबोनका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई मन्त्रालयमा अन्तरवार्ता र व्यावसायिक कार्य योजना प्रस्तुतीकरणका लागि मंसिर ९ गते बिहान ८ बजे बोलाएको छ ।

बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले ५ जनाको नाम तयार पारेको थियो । तीमध्ये सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x