Date

बिहि, मंसिर २०, २०८१
Thu, December 5, 2024

सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु

सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु

काठमाडौँ, १९ मंसिर । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल (Civil Mall) बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत SCT-UPI कार्डधाराकहरूले आफ्नो SCT-UPI कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नुहुनेछ । डिसेम्बर १, २०२४ (मङ्सिर १६, २०८१) देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

SCT-UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ । SCT-UPI कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x