Date

शनि, पुस ६, २०८१
Sat, December 21, 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीइओमा गोरख राणा नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीइओमा गोरख राणा नियुक्त

काठमाडाैं, २४ मंसिर । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । सन् १९८७ बाट संचालनमा आएको बैंकले पहिलोपटक नेपालीलाई सीइओ नियुक्त गरेको हो ।

यसअघि बैंकको सिइओमा सबै बिदेशी बैंकर नियोत्त हुँदै आएका थिए । अमेरिकाबाट एमबीए गरेका गोरख चार्टर्ड बैंकको सुरुवाती समयदेखि नै त्यहीँ कार्यरत छन् । सुरुमा राणाले ग्रीनलेज बैंकबाट करियर सुरु गरेका थिए । त्यसपछि स्ट्यान्डर्ड चार्टडले ग्रीनलेज बैंक खरिद गरेदेखि नै राणा सोही संस्थामा आबद्ध रहँदै आएका थिए ।

सईओमा नियुक्त हुनु अघि बैंकमा राणा डेपुटी सीइओको भुमिकामा थिए । अनिर्भान घोष दस्तिदारको कार्यकाल सकिएपछि राणालाई सीइओमा नियुक्त गरिएको हो ।सन् १९९४ देखि राणा स्ट्यान्डर्ड चार्टर्डसंग आबद्ध भएका हुन् ।उनले यस बैंकमा रिटेल र प्राइभेट बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । सन् १९९६ मा कर्पोरेट र इन्स्टिच्युसनल बैंक बिभाको नेतृत्वमा उनि पुगे । त्यसपछि उनले रिलेसनसिप म्यानेजर,सिनियर क्रेडिट म्यानेजर,हेड अफ क्लाइयन्ट कभरेज लगायतका विभिन्न भूमिकामा समेत काम गरे ।

सन् २०२२ मा डेपुटी सीइओ नियुक्त हुनु अघि उनि हेड अफ ग्लोबल बैंक एंड कमर्सियल बैंक थिए । डेपुटी सीइओको भूमिकासंगै उनले नेपालमा कर्पाेरेट, कमर्सियल र इन्स्टिच्युसनल बैंकिङको क्लाइयन्ट कभरेज हेडको जिम्मेवमरी सम्हालेका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड अहिले सर्वाधिक महँगो सेयर मूल्य हुने वाणिज्य बैंक हो । बैंकको चुक्ता पुंजी १ अर्ब ४२ करोड १४ लाख रुपैयाँ छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश पनि दिंदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x