Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५.५ प्रतिशत लाभांश दिने

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५.५ प्रतिशत लाभांश दिने

काठमाडौं, २५ मंसिर । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो।

आर्थिक वर्ष २०८०/८१ मा बैंकको सञ्चालन नाफा चार अर्ब ७० करोड रूपैयाँ थियो। बैंकको खुद मुनाफा तीन अर्ब ३० करोड रूपैयाँ थियो भने प्रतिसेयर आम्दानी ३४ रूपैयाँ ७० पैसा थियो।

बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *