३७.७४ प्रतिशत बढ्याे बाणिज्य बैंकहरूकाे नाफा, कुन बैंकको कति ?
काठमाडौं, २५ मंसिर । चालू आर्थिक वर्ष २०८१/८१ को चार महिनामा वाणिज्य बैंकहरूले कुल रू २२ अर्ब २९ करोड ८६ लाख खुद नाफा आर्जन गरेका छन् ।
यो नाफा असोज मसान्तसम्मको तुलनामा ३७ दशमलव ७४ प्रतिशत बढी हाे । असाेजमा यी बैंकहरूको कुल नाफा रू १६ अर्ब १८ करोड ९४ लाख रूपैयाँ थियो ।
कात्तिक मसान्तसम्ममा कृषि विकास बैंक रू २२ करोड ७६ लाख घाटामा छ भने बाँकी सबै बैंक नाफामा छन् ।
यस अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले कात्तिक मसान्तसम्ममा रू २ अर्ब ६९ करोड रूपैयाँ नाफा कमाएको छ ।
यस्तै यस अवधिमा ग्लोबल आइएमई बैंकले रू २ अर्ब १४ करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख, कुमारी बैककले १ अर्ब ५९ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड, एभरेष्ट बैंकले १ अर्ब ५० करोड, एनएमबि बैंकले १ अर्ब ४८ करोड, प्रभु बैंकले १ अर्ब २३ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ७ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब, नेपाल बैंकले ९३ करोड ६१ लाख, हिमालयन बैंकले ९१ करोड ८८ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख, सिटिजन्स इन्टरनेशनल बैंकले ४३ करोड ८६ करोड र एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।