Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दक्षिण कोरिया सरकारद्वारा श्रमिकको न्यूनतम तलव वृद्धि

दक्षिण कोरिया सरकारद्वारा श्रमिकको न्यूनतम तलव वृद्धि

काठमाडौ,३१ असार । दक्षिण कोरिया सरकारले श्रमिकको न्युनतम तलबमा झण्डै ११ प्रतिशतले बृद्धि गरेको छ । कोरियन सरकारले आगामी बर्ष अर्थात २०१९ देखि लागू हुने गरी श्रमिकको हालको तलवमा १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको हो ।

निर्णयसँगै  दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर हुने दक्षिण कोरियाली समाचार संस्था दि कोरियन टाइम्सले जनाएको छ ।यो निर्णयसँगै ईपिएस मार्फत कोरिया पुगेका सम्पूर्ण नेपाली कामदारको समेत लाभाम्वित हुने भएका छन्  ।पछिल्लो तथ्याङ्क अनुसार  हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार इपिएस मार्फत कार्यरत छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x