सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका २९ वटा ढोका खुला

काठमाडौ, ३१ असार ।  केहि दिनदेखि पुर्वी पहाडी जिल्लामा  परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।पानीको बहाव बढेसँगै कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ। ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ। उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि खतराको अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ । पछिल्लो मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *