२.९५ अंकले बढ्याे नेप्से, ४ अर्ब अर्बकाे काराेबार
काठमाडौं, २ पुस । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २.९५ अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.११ प्रतिशतले घढेर २ हजार ६ सय ३३ बिन्दुमा पुगेको छ।
यस दिन ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारमा कारोबार भएको छ । हिजो १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख ४ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा ११७ कम्पनीको सेयर मुल्य बढेको छ भने ११७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै १० सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सेयर मुल्य ९.८५ प्रतिशतले बढेको छ ।
यस्तै आज कुथेलि बुखेरी हाइड्रोपावरको मुल्यमा नकारात्मक सर्किट लागेको छ ।