Date

शनि, पुस १३, २०८१
Sat, December 28, 2024

यस वर्ष अधिकांश वाणिज्य बैंकको लाभांशदर घट्यो, ६ वटाले नदिने

यस वर्ष अधिकांश वाणिज्य बैंकको लाभांशदर घट्यो, ६ वटाले नदिने

काठमाडाैं, १२ पुस । यस वर्ष अधिकांश वाणिज्य बैंकहरूले दिने लाभांशदर घटेकाे छ भने केहिले लाभांश नदिने निर्णय गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ११ बैंकले लाभांश वितरण गर्ने निर्णय गरेका छन् भने ५ बैंकले लाभांश नदिने निर्णय गरेका हुन् ।

गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकले कुल २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो बैंकले अघिल्लो आवको मुनाफाबाट गतवर्ष १९ प्रतिशत नगद लाभांश दिएको थियाे ।

यस्तै गत आर्थिक वर्ष ११ प्रतिशत नगद लाभांश दिएकाे नविल बैंकले यस वर्ष १० प्रतिशत नगद लाभांश दिने भएकाे छ ।

नेपाल एसबिआई बैंकले पनि गतवर्ष ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र ६ दशमलव ८ प्रतिशत नगद गरी कुल १० दशमलव ५५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष ३ दशमलव ८ प्रतिशत बोनस शेयर ६ दशमलव ८५ प्रतिशत नगद गरी कुल १० दशमलव ६५ प्रतिशत लाभांश दिएको छ ।

एभरेष्ट बैंकले गतवर्ष १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिएकोमा यस वर्ष १० प्रतिशत बोनस शेयर ५ दशमलव ५३ प्रतिशत नगद गरी कुल १५ दशमलव ५३ प्रतिशत लाभांश दिएको छ ।

यस्तै गतवर्ष कुल ९ प्रतिशत लाभांश दिएकाे ग्लोबल आइएमई बैंकले यस वर्ष ५.५ प्रतिशत, गतवर्ष कुल ७.३७ प्रतिशत लांभांश दिएकाे लक्ष्मी सन्राइज बैंकले यस वर्ष ५.२६ प्रतिशत, गतवर्ष कुल १४.७ प्रतिशत लांभांश दिएकाे सानिमा बैंकले यस वर्ष ५.२६ प्रतिशत , गतवर्ष कुल ५.७९ प्रतिशत लांभांश दिएकाे सिटिजन्स बैंकले यस वर्ष ४.२१ र गतवर्ष कुल ४.२१ प्रतिशत लांभांश दिएकाे सिद्धार्थ बैंकले यस वर्ष ४ प्रतिशत लाभांश दिएको छ ।

गतवर्ष लाभांश नदिएको प्राइम कमर्सियल बैंकले यस वर्ष ५ प्रतिशत र कृषि विकास बैंकले ३ प्रतिशत बोनस शेयर र ७ दशलमव ५३ प्रतिशत नगद गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यता नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), हिमालयन, माछापुच्छे्र, एनएमबि, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

हालसम्ममा ४ ओटा बैंक— नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी, नेपाल र एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x