Date

शनि, पुस १३, २०८१
Sat, December 28, 2024

शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी रियाल, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेटलगायत मुद्राको भाउ बढेको छ, भने युरोपियन युरो, युके पाउण्ड, अष्ट्रेलियन डलर र दक्षिण कोरियन वनको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर रु १३६.१३ र बिक्री दर रु १३६.७३ छ। युरोको खरिद दर रु १४१.५८ र बिक्री दर रु १४२.२१, पाउण्डको खरिद दर रु १७०.५८ र बिक्री दर रु १७१.३४ रहेको छ। अष्ट्रेलियन डलरकाे खरिद दर रु ८४.८५ र बिक्री दर रु ८५.२२ , जापानी येनकाे खरिद दर रु ८.६४ र बिक्री दर रु ८.६८  निर्धारण गरिएको छ। कुवेती दिनारको खरिद दर रु ४४१.६८ र बिक्री दर रु ४४३.६३ तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिद दर रु ३६.२५ र बिक्री दर रु ३६.४१, कतारी रियाल एकको खरिद दर रु ३७.३५ र बिक्री दर रु ३७.५२ कायम भएको छ ।

विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र नेपालको आयातमुखी अर्थतन्त्रका कारण नेपाली रुपैयाँ लगातार कमजोर बन्दै गएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x