Date

शुक्र, जेष्ठ ९, २०८२
Fri, May 23, 2025

वीरगञ्ज भन्सारको राजस्व संकलनमा झिनो सुधार, मंसिरमा मात्र साढे ६४ अर्ब संकलन

वीरगञ्ज भन्सारको राजस्व संकलनमा झिनो सुधार, मंसिरमा मात्र साढे ६४ अर्ब संकलन

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यकाे ७३.९२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि मंसिर सम्मकाे अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ६४ अर्ब ५६ करोड ५४ लाख ३३ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको हो । जुन गत आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको तुलनामा दुई अर्ब ५९ करोड १६ लाख ३० हजार अर्थात४.१३ प्रतिशतले बढी हाे ।

गत आवको पाँच महिनाको अवधिमा कार्यालयले  ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा रु १२ अर्ब ८२ करोड २ लाख, भदौमा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो भने मंसिर महिनामा रु १४ अर्ब ४१ करोड ५९ लाख राजस्व सङ्कलन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *