Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

यस वर्ष ४ प्रतिशतले बढ्याे धानकाे उत्पादन, सबैभन्दा बढी सुदुरपश्चिममा

यस वर्ष ४ प्रतिशतले बढ्याे धानकाे उत्पादन, सबैभन्दा बढी सुदुरपश्चिममा

काठमाडाैं, १८ पुस । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टनको हाराहारीमा धानको उत्पादन भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवमा ४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

धानबाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आए पनि उत्पादकत्व वृद्धि भएर उत्पादन बढेको मन्त्रालयले जनाएको छ । धानको औषध उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको मन्त्रालयको दावी छ ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उल्लेख्य उत्पादन वद्धि भएको छ । यस वर्ष २१ जिल्लाको १३ लाख ७८ हजार ६ सय ११ हेक्टरमा धानवालीको रोपाई भएको थियो । देशभर समग्र ९८.५ प्रतिशत धानको रोपाई भएको थियो ।

यता यस वर्ष सरकारले मोटा धानको प्रतिक्वीन्टल समर्थन मूल्य ३ हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x