Date

सोम, असार २, २०८२
Mon, June 16, 2025

सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि

सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि

काठमाडाैं, २ असार । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४० अंकले वृद्धि भई २,६५९.२६ अंकमा पुगेर बजार बन्द भएको हो।

बजारमा सूचीकृत समूहहरूमध्ये केही समूहमा उल्लेखनीय सुधार देखिएको छ। बैंकिङ समूह ८.१४ अंकले, विकास बैंक समूह ११.१५ अंकले, होटल तथा पर्यटन समूह ३०८.०२ अंकले, जीवन बीमा समूह ४९.७० अंकले, माइक्रोफाइनान्स समूह ३७.२९ अंकले र निर्जीवन बीमा समूह ४६.९४ अंकले वृद्धि भएको छ। यस्तै, म्युचुअल फन्ड समूहमा पनि सामान्य बढोत्तरी देखिएको छ। यद्यपि, बाँकी अन्य समूह भने केही घटेका छन्।

बजारमा सेयर कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। सोमबार दिनभरिमा कुल १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो, जुन पछिल्ला केही दिनको तुलनामा उच्च हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *