Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धमा

जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि  प्रबन्धक नियुक्ति सम्बन्धमा

काठमाडाैं, २२ पुस । जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००/- दरका ५,००,००० कित्ताले हुन आउने रकम रु.५,००,००,०००/- (अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष श्री लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x