Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

शेयर बजार २६४६ विन्दुमा उक्लियाे

शेयर बजार २६४६ विन्दुमा उक्लियाे

काठमाडौं, २३ पुस । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.१६ अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.२३ प्रतिशतले बढेर २ हजार ६ सय ४६ बिन्दुमा पुगेको छ।

यस दिन १ कराेड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजारमा कारोबार भएको छ । साेमबार १ कराेड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाख ३१ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा १२६ कम्पनीको सेयर मुल्य बढेको छ भने १०७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै १० सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन सप्तकाेशी डेभलाेपमेन्ट बैंक र न्यादी हाइड्राेपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु महालक्ष्मी लाइफ इन्साेरेन्सकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै आज आत्मानिर्भर लघुवित्त बित्तीय संस्था र डाेल्टी पावर कम्पनिकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x