Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने

वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने

काठमाडाैं, २६ पुस । वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा चैत २२ र २३ गते दुई दिने वर्डक्याम्प नेपाल २०२५ कुन्डलिनी दरबारमा हुन लागेको हो ।

काठमाडौंको चन्डोलमा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरु सहभागी हुन सक्‍ने आयोजकले जनाएको छ । सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना हुँदै आइरहेको छ। वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो।

वर्डप्रेस सँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ  ।कार्यक्रममा नेपाल, भारत,बंगलादेश, अमेरिका, युरोपेली मुलुकहरु जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति हुने छन्।

यसअन्तर्गत अन्तर्क्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत रहने वर्डप्रेस काठमाडौंले जनाएको छ । उक्त सम्मेलनका लागि चाँडै नै अनलाइन रजिस्ट्रेसनको प्रक्रिया खुला हुने बताइएको छ ।

कार्यक्रमका मुख्य विशेषताहरूः

कन्ट्रिब्युटर डेः  कार्यक्रमको पहिलो दिन वर्डप्रेसको ओपन(सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ। सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन्। यो दिन टिम लीडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू, र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन्।यस दिन वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर(प्रोग्रामर दुवै खालको योगदानहरु कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिन्छ।

कन्फरेन्स डेः  यो दिन वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछ। वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि यो उपयुक्त अवसर हो। यसैदिन वर्डप्रेस वर्कशपको पनि तयारी हुदै छ । जसमा कुनै बिषय वस्तुलाई आधार मानेर वर्डप्रेसमा त्यस सम्वन्धित वेभसाइट तयार गरीने छ ।

कसको लागि उपयुक्त ?
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च(इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत सबै वर्डप्रेसप्रेमीहरूले भाग लिन सक्नेछन्।

किन सहभागी हुने ?
यसबाट वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे बुझ्न, नेटवर्क निर्माण गर्न, आफ्नो करियरका लागि नयाँ अवसरहरूको खोजी गर्न, वर्डप्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न सहयाेग पुग्नेछ ।

वर्डक्याम्प नेपाल २०२५ वर्डप्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठूलो कार्यक्रम हो। वर्डप्रेसमा आफ्नो भविष्य बनाउन चाहने र यसमा योगदान दिन चाहने सबैका लागि यो कार्यक्रम महत्वपूर्ण छ। उक्त सम्मेलनमा सहभागिताको लागि चाँडै नै अनलाइन रजिस्ट्रेसन खुला हुने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x