पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढ्याे
काठमाडाैं, २७ पुस । आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा यस्तो दाबी ४.२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.८ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.८ प्रतिशतले बढेको छ ।