Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

मल्टीपर्पस फाइनान्स लिमिटेडकाे २७ औं बार्षिक साधारण सभा सप्तरीमा सम्पन्न

मल्टीपर्पस फाइनान्स लिमिटेडकाे २७ औं बार्षिक साधारण सभा सप्तरीमा सम्पन्न

काठमाडाैं, २९ पुस । मिति २०८१ पौंष २८ गते आईतबारका दिन यस वित्तीय संस्थाका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा वित्तीय संस्थाको २७ औं बार्षिक साधारण सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भयो ।

उक्त साधारण सभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको बार्षिक वित्तीय विवरण आ।ब। २०८०/८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरियो ।

साथै वित्तीय संस्थाले निकट भविष्यमा आफनै भवनबाट कारोबार संचालन गर्नको लागि बिधापती चौंकबाट करीब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालय सँगै टासिएको डेढ कठ्ठा जग्गा खरीद गरी घर निर्माणको प्रकृया अगाडी बढाएको, सुचना प्रबिधिलाई समय सापेक्ष बनाउने र बैंकिंङ्ग कारोबार लाई सहज गर्न अत्याधुनिक सफटवेयर जडान गरी कारोवार संचालन गरिरहेको र वित्तीय संस्थाको कारोबार बिस्तारको लागी थप २ वटा शाखा सर्लाही जिल्लाको कौंडेना गाउपालिका र गौंडैता नगरपालिकामा गत महिनाबाट संचालनमा ल्याईसकेको जानकारी गराईयो ।

उक्त सताईसौं बार्षिक साधारण सभामा वित्तीय संस्थाको संचालक सदस्यह गेहनाथ ढुंगाना,  जयप्रकाश ठाकुर, अशोक साह,  गृष्मा श्रेष्ठ र  महेश कुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिब रजनीश कुमार सिंह लगायत शेयरधनी महानुभावहरु, कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x