Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, २९ पुस । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । आइतबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भयोे ।

साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम, गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन्।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई काठमाडाैं महानगरपालिका वडा नं. १० बाट ठाउँसारी गरी काठमाडाैं महानगरपालिका वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x