Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पुँजी वृद्धिसँगै नाफामा पनि छलाङ मार्दै नेपाल लाइफ इन्स्योरेन्स

पुँजी वृद्धिसँगै नाफामा पनि छलाङ मार्दै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं, ३० कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको पहिलो तीन महिनाको भन्दा २०१.१९ प्रतिशतले नाफा बढाएको छ।
कम्पनीले पहिलो तीन महिना सम्म १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा पाँच करोड ८९ लाख रुपैयाँ थियो।
कम्पनीको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड रुपैयाँ छ । यो रकम गत वर्ष २ अर्ब ७० करोड रुपैयाँ थियो। कम्पनीको पहिलो तीन महिनामा कुल दावी भुक्तानी एक अर्ब २० करोड रुपैयाँ छ भने गत वर्षमा ६० करोड ९४ लाख रुपैयाँ थियो।
कम्पनीको चुक्ता पूँजी तीन अर्ब नौ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ८६ करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको जीवन बीमा कोष समेत ३४ अर्ब २८ करोडबाट बढाएर ४३ अर्ब ३६ करोड पुर्याएको छ, भने महाविपत्तीकोषमा १५ करोड ६७ लाखबाट बढाएर २६ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । बिमा समितिले जीवन विमा कम्पनीको चुक्ता पुँजी तोक्नु अगाडि नै कम्पनीले २ अर्ब भन्दा बढी पुँजी पुरा गरिसकेको छ र यही पुँजीमा अडिराख्ने लक्षण पनि देखाएको छैन । कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ७२ पैसा र प्रतिशेयर कुल सम्पतिको मूल्य १ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।
कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ९४ हजार पुगेको छ । उसले यसअवधिमा एक अर्ब २० करोड दावी भुक्तानी गरेको छ भने ७६ करोड दावी भुक्तानी गर्न बाँकी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x