Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

१० प्रतिशतले बढ्यो शिखरको नाफा

१० प्रतिशतले बढ्यो शिखरको नाफा

काठमाडौं, ३० कात्तिक । शिखर इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख खुद नाफा कमाएको छ । कम्पनीको मुनाफा गतवर्षको सो अवधिको तुलनामा ९.७९ प्रतिशत बढी हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ७५ करोड र खुद बीमा शुल्क आर्जन ४० करोड रुपियाँ पुगेको छ ।
पुनर्बीमा कमिशनबाट ९ करोड, कर्जा लगानीबाट ३ करोड ७७ लाख रुपियाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको १४ करोड ४८ लाख रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ भने अभिकर्ता कमिशनमा ५८ लाख रुपैंया खर्च गरेको छ । कम्पनीले १ हजार दुई सय ५२ वटा बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैंया छ । गत वर्ष अघिल्लो वर्षको आम्दानीबाट ६० प्रतिशत बोनस शेयर घोषणा गरेको कम्पनीले गत वर्षको आम्दानीबाट २९ प्रतिशत बोनस घोषणा गरेको छ । बोनस घोषणापछि भने कम्पनीको चुक्ता पुँजी नियामक निकाय बिमा समितिले तोकेको १ अर्ब भन्दा बढी पुग्नेछ । बोनसशेयर पुँजीकृत भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४७ लाख रुपियाँ पुग्नेछ । कम्पनीको जगेडाकोषमा ३१ करोड ४४ लाख, बीमा कोषमा ६८ करोड तथा महाविपत्तिकोषमा ५ करोड २९ लाख राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा कायम भएको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २२८.४३ रुपैंया छ तथा मूल्य आम्दानी अनुपात ४२.१५ गुणा बढी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x