Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

देशैभर चुनावी रौनक, सुनसान सिंहदरबार

देशैभर चुनावी रौनक, सुनसान सिंहदरबार

काठमाडौं, ३० कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति नजिकिएसँगै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान बनेको छ ।

६४ सदस्यिय मन्त्रीपरिषद्का अधिकांश मन्त्रीहरु आगामी निर्वाचनको उम्मेदवार बनेका छन् । चुनावी प्रचार प्रसारमा व्यस्त भएका कारण प्रायः मन्त्रालयमा उनीहरुको उपस्थिती छैन । मन्त्री नभएपछि उनीहरुको कार्यकक्षहरु पनि सुनसान छन् ।

अर्कोतर्फ काम लिएर सिंहदरबार पुग्नेहरुको संख्या पनि निकै न्यून देखिन्छ । कार्यालय समयमा सिंहदरबारका सडकमा प्रायः पैदलयात्री र सवारीको चाप हुने गर्दथ्यो । तर आजभोली उनीहरु पनि चुनावी सभा, समारोहमा व्यस्त बन्दा उपस्थिती पनि पातलिएको हो ।

मन्त्रालयमा जिम्मेवार पदाधिकारी नै नहुदाँ दैनिक कामकाज मात्रै होइन कतिपय महत्वपूर्ण काम समेत रोकिएका छन् । कतिपय मन्त्रीहरुले भने आफु मातहतका कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गरेर करिब दुई साता देखि नै सिंहदरबार टेकेका छैनन् ।

आउँदो मंसिर १० र २१ गरि दुई चरणमा देशभर प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x