Date

शुक्र, माघ ११, २०८१
Fri, January 24, 2025

अखिलको २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

अखिलको २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

काठमाडौँ, १० माघ । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतले उम्मेदवारी दिएका छन् । देशकै सबैभन्दा बलियो र अनुशासित संगठनको रूपमा परिचित अखिल (क्रान्तिकारी) कृषि तथा वन विज्ञान विश्वविद्यालयका निवर्तमान अध्यक्ष रहेका बस्नेतले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

कृषि, भेटेरिनरी, फरेष्ट्री, र फिसरी क्षेत्रबाट प्रतिनिधित्व गर्दै  कृषि तथा वन विज्ञान विश्वविद्यालयकाको तर्फबाट पहिलो पटक केन्द्रीय महासचिव पदमा उम्मेदवारी दर्ता गराएको बस्नेतले बताए । पार्टी र संगठनलाई सुदृढ, सक्षम, र व्यवस्थित बनाउँदै देशको शैक्षिक, आर्थिक, राजनीतिक, सामाजिक, र साँस्कृतिक विकास तथा जनताको आधारभूत आवश्यकता पुरा गर्न प्रभावकारी संघर्षलाई अघि बढाउन महासचिव पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।

बस्नेतको पहलकदमीमा एएफयुको बिएससी र एमएससी अध्ययनरत एक हजार भन्दा बढी विद्यार्थीलाई संगठित गरी नेतृत्व गरिरहेका छन् ।  उनले अखिल (क्रान्तिकारी) सम्पूर्ण सदस्य, समर्थक, र शुभचिन्तकहरूलाई मतदान गरी विजय गराउन अपिल समेत गरेका छन् ।

२३ औं राष्ट्रिय सम्मेलनको विषयलाई लिएर मंसिर १३ गते भएको ३२ वर्षे उमेरहद लगाउने र नलगाउने पक्ष र विपक्षमा निर्वाचनमा पक्षले जितेको हुँदा अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन यही माघ १२ गते हुँदैछ । विद्यार्थी संगठन पार्टीको मेरुदण्ड हुनुपर्ने उनको भनाई छ । बस्नेतसहित १० जनाको महासचिव पदमा उम्मेदवारी परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x