Date

शुक्र, माघ ११, २०८१
Fri, January 24, 2025

छ महिनामा १ खर्ब २ अर्ब ३ करोड थपियो सार्वजनिक ऋण, राजस्वको अधिकांश हिस्सा कर्मचारीको तलब-भत्तामा

छ महिनामा १ खर्ब २ अर्ब ३ करोड थपियो सार्वजनिक ऋण, राजस्वको अधिकांश हिस्सा कर्मचारीको तलब-भत्तामा

काठमाडाैं, १० माघ । आर्थिक वर्षको पहिलो छ महिनामा मुलुककाे सार्वजनिक ऋण १ खर्ब २ अर्ब ३ कराेड रूपैयाँ थपिएकाे छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा १ खर्ब २ अर्ब ३ कराेड रूपैयाँ थप भएर देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ कराेड रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्षको पुस समान्तसम्म विदेशी विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्व बढेको छ ।

यसबीचमा आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा एक खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

सरकारले हरेक वर्ष बजेटको आकार बढाए पनि त्यसअनुसार राजस्व असुली बढ्न सकेकाे छैन भने उठेको राजस्वको अधिकांश हिस्सा कर्मचारीको तलब-भत्ता र सामाजिक सुरक्षामा खर्च हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x