सुन प्रतितोला ५ सय रूपैयाँले घट्याे
काठमाडाैं, १० माघ । नेपाली बजारमा सुन-चाँदीकाे भाउ घटेकाे छ । बुधबार प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेकाे सुनको भाउ यसदिन प्रतितोला ५ सय रूपैयाँ घटेकाे हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेकाे छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।