सरकारले गर्यो अर्थ मन्त्रालय अन्तर्गतका दुई वटा कार्यविधि खारेज
काठमाडाैं, १० माघ । सरकारले अर्थ मन्त्रालय अन्तर्गतका दुई वटा कार्यविधि खारेज गरेको छ। माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालय अन्तर्गतका सहलगानी सम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गरेको हो।
बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन ।
दुई वटा कार्यविधि खारेज गरेर सरकारले मपूरक र विशेष अनुदान सम्बन्धी नयाँ कार्यविधि बनाइएको छ। ती दुवै कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंककाे वैकल्पिक कार्यकारी निर्देशक पदमा नेपालकाे तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनाेनय गरेकाे छ ।