Date

बिहि, माघ १०, २०८१
Thu, January 23, 2025

राष्ट्रिय वाणिज्य बैंककाे ६० औं वार्षिकाेत्सव सम्पन्न, तरलता उत्पादनमूलक क्षेत्रमा खर्चिन अर्थमन्त्रीको सुझाव

राष्ट्रिय वाणिज्य बैंककाे ६० औं वार्षिकाेत्सव सम्पन्न, तरलता उत्पादनमूलक क्षेत्रमा खर्चिन अर्थमन्त्रीको सुझाव

काठमाडाैं, १० माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे ६० औं वार्षिकाेत्सव सम्पन्न भएकाे छ । बिहिबार आयोजित बैंककाे वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न परिणाममुखी काम भइरहेको दाबी गरेका छन्।सरकारमा रहेर औसत काम गरेर सूची बढाउने र दिन बिताउने पक्षमा आफूहरू नभएको भन्दै उनले दुरगामी महत्वका उपलब्धि हासिल गर्ने गरि काम गर्ने  स्पष्ट पारे ।

यस्तै अर्थतन्त्र क्षेत्रलाई तीव्रतर रुपमा अघि बढाउन नै सरकारले अध्यादेश ल्याएको भन्दै उनले बैंकहरुमा देखिएको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनलाई पुँजीको आकार परिवर्तन (क्यापिटल रिस्ट्रक्चर ) गर्ने गरि अघि बढ्न सुझाव दिएका छन् । सरकारी बैंकहरुलाई विगतमा रिफर्म गरि क्यापिटलाइज गरेपछि निकै राम्रो भएको भन्दै उनले सरकारी बैंकहरुलाई विगतमा रिफर्म गरि क्यापिटलाइज गरेपछि निकै राम्रो भएको भन्दै उनले क्यापिटल रिस्ट्रक्चर गर्ने गरि अघि बढे राष्ट्र बैंक र सरकारले सहयोग गर्ने बताए ।

यस्तै उनले बैंक तथा वित्तीय संस्थाहरु संस्थागत सुसाशनको कमी भएर समस्या परे त्यसलाइ राष्ट्र बैंकले कारवाही गर्ने चेतावनी समेत दिए।

यस्तै कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैकिङ्ग क्षेत्रमा बढ्दो खराब कर्जाले समस्या आएको बताएका छन् । यद्यपि, विश्व अर्थतन्त्रमा केही शिथिलता देखिए‌को वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका सङ्केतहरू देखिन थालेको उनको भनाइ छ। वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ्ग क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x